प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसदमा विश्वासको मत माग्ने

काठमाडौँ । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमतिपछि राजनीतिक रुपमा संकटमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री दाहालले संवैधानिक प्रावधान अनुसार संसदभित्र विश्वासको मतको सामाना गर्ने भएका छन् ।

माओवादी पदाधिकारीहरूको बालुवाटारमा बसेको बैठकले सरकार नछोड्ने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो । गलेर सरकार छोड्ने कुरा हुँदैन संसद् फेस गर्ने भन्ने छ । संसदमा जसले गणित देखाउन सक्छ त्यसले सरकार चलाउने हो पौडेलले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*