भिमफेदीमा जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–६ मा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिरामी हुनेमा भिमफेदी गाउँपालिका–६ उर्लाघारी बस्ने ६५ वर्षीया मगंली माया स्याङतान, ३२ वर्षीया बुद्धि बहादुर स्याङतान ,३०वर्षीया पासाङ माया स्याङतान, ७ वर्षीय लासाङ स्याङतान, १९ वर्षीय लक्ष्मी माया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र ७ वर्षीया आरती स्याङतान रहेका छन् ।

मगंली र लक्ष्मीको हेटौंडा अस्पताल र बाँकी ५ जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जंगली विषालु च्याउ सेवा गर्दा मकवानपुरमा तीन जनाले ज्यान गुमाईसकेका छन् भने बिरामी हुनेहरु दिन प्रतिदिन बढी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*