ओलीको नेतृत्वमा नयाँ सरकार बन्छ : नेपाली कांग्रेस

काठमाण्डौ । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६(२) बमोजिम नै बन्ने बताएको छ ।

आज बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले ओली नेतृत्वको सरकार नेपालको संविधानको धारा ७६(२) बमोजिम बन्ने बताउनुभएको हो । संविधानको धारा ७६ को २ मा सरकार गठन भइसकेपछि ७६ को २ बमोजिम नियुक्त हुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूरा गरिसक्नुभएको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री प्रचण्डले असार २८ गते लिने विश्वासको मतको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको पनि सुनाउनुभयो । उहाँले बैठकले कांग्रेस र एमालेबीच यही असार १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर सहमति भएको र आजको संसदीय दलको बैठकले त्यो सहमतिलाई समर्थन र स्वागत गरेको उल्लेख गर्नुभयो । लेखकका अनुसार बैठकले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो, डुबानको समस्या उत्पन्न भई नागरिकको जीवन असहज भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*