मकवानपुरगढीमा करेन्ट लागेर एक युवकको मृत्यु

हेटौंडा । करेन्ट लागेर मंगलबार राति एक युवकको मृत्यु भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका—८ का ३७ वर्षीय दिक्पाल स्याङ्तानको करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय रामबहादुर घिसिङको बारीमा रहेको विद्युत्को पोलको तार छुटाउन जाने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

भीमफेदी इलाका प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेर मुचुल्का मंगलबार राति नै उठाएर पोस्टमार्टमका लागि शव बुधबार बिहान हेटौंडा अस्पताल ल्याएइको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*