हेटौंडामा प्रावि शिक्षकका लागि डिप्लोमा कोर्स तालिम हुदै

हेटौंडा । नवोदय इनोभेसन सेन्टरले प्राथमिक शिक्षकका लागि यहि साउन १६ गते देखि तालिमको आयोजना गर्ने भएको छ । हेटौंडा–४ मा रहेको नवोदय इनोभेसन सेन्टरले एक वर्ष अवधिको प्राथमिक शिक्षकका लागि दक्षता अभिबृद्धि गर्ने उद्देश्यले तालिम गर्ने भएको हो । आज पत्रकार सम्मेलन मार्फत आधारभुत तह कक्षा ४ देखि ७ सम्मका लागि सक्षम शिक्षक तयार गरी बालकेन्द्रित शिक्षण तयार गर्ने उदेश्य सहित १ बर्षे डिप्लोमा कोर्स सञ्चालन गर्न लागिएको जानकारी दिईएको हो ।

तालिममा सुरुमा २४ जनालाई प्रशिक्षण दिईने भएको र प्रशिक्षार्थी भर्नाको लागि कोर्स रजिष्ट्रेसन आरम्भ भैसकेको तालिमका कार्यक्रम प्रमुख नरेन्द्र कुमार नगरकोटीले बताउनुभयो । साथै तालिम पश्चात सहभागि शिक्षकलाई रोजगारीको व्यवस्था समेत गरिने प्रमुख नगरकोटीले बताउनुभयो ।

तालिममा भाषा साहित्य शिक्षण , विज्ञान शिक्षण, सामाजिक अध्ययन शिक्षण, गणित शिक्षण ,शारीरिक शिक्षा शिक्षण, संगीत र कला शिक्षण, नृत्य शिक्षण , बालबालिकाको समग्र विकास, सिकाइ उपलब्धि, बालबालिकामा फोर सि को विकास ,प्रगतिशील शिक्षा लगायतका विषयवस्तु समेटेर तालिम सञ्चालन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । तालिममा सहभागि प्रशिक्षार्थीलाई मासिक पाचँ हजार पाचँ सय पचास रुपैंया शुल्क लाग्ने छ । पत्रकार सम्मेलनमा नवोदय शिशु सदनका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुरन बहादुर जोशी ,हेटौंडा–४ नम्वर वडाका वडा अध्यक्ष नविन सिग्देल,श्रमिक माबिका प्रअ श्रीराम दाहाल लगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*