सौर्य एअरलाइन्सको जहाज दुर्घटनाः १३ जनाको शव निकालियो , विमानस्थल बन्द

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ ।

नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ ।

आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ । सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण बन्द गरिएको छ ।

काठमाण्डौ आउँदै गरेका जहाजलाई डाइभर्ट गरिएको छ । उद्धारको काम सकिएपछि मात्रै उडान र अवतरण शुरु हुने विमानस्थलले जनाएको छ ।

जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण बन्द गरिएको छ ।

काठमाण्डौ आउँदै गरेका जहाजलाई  डाइभर्ट गरिएको छ । उद्धारको काम सकिएपछि मात्रै उडान र अवतरण शुरु हुने विमानस्थलले जनाएको छ ।उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*