बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा शपथ ग्रहण

मकवानपुर – बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले शपथ ग्रहण लिएका छन् । आज प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री बहादुरसिंह लामा र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

नेकपा एमालेका ६ र नेपाली कांग्रेसका ३ जना मन्त्रीले शपथ लिएका छन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपक्षी, किरण थापाले स्वास्थ्य, कृष्ण सिलवालले वन तथा वातावरण, सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन, अमन मास्केले भौतिक पूर्वाधार विकास र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मदुकुमार श्रेष्ठलाई भने जिम्मेवारी तोकिएको छैन ।

कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थनमा लामा हिजो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँ प्रदेशका पाँचौँ मुख्यमन्त्री हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*