सौर्य विमान दुर्घटनाः माग सम्बोधन नभए आफन्तले शव नबुझ्ने

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ ।

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरुको शव पहिचान गरेर पोष्टमाटम गरिसकेको छ । ‘प्रत्येक परिवारको ३र३ जनालाई बोलाउँछौं । शव हेर्न दिन्छौं, लैजान पनि दिन्छौं भन्नुभएको छ’ मृतकका आफन्त राजकुमार पञ्जियारले भने ।

तर बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने, सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोगजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ ।

अर्का एक आफन्तले भने, ‘अस्पतालले आफ्नो काम गरेको छ, तर सरकार र विमान कम्पनीको कोही पनि आएका छैनन् ।’

बुधबार भएको विमान दुर्घटनामा मृत्यु भएका सबैको शव पहिचान भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*