हेटौंडा सिटी कलेजमा कानून संकायमा शतप्रतिशत नतिजा प्राप्त

मकवानपुर । कानून संकायतर्फ हेटौंडास्थित हेटौंडा सिटी कलेजले शतप्रतिशत नतिजा प्राप्त गरेको छ । कक्षा १२ को हालै सार्वजनिक परीक्षाफल अनुसार सिटी कलेजले कानून संकायतर्फ कक्षा १२ मा शतप्रतिशत नतिजासहित जिल्ला प्रथम गरेको हो ।

शतप्रतिशत नतिजा आएपछि कलेजले सोमबार र्‍याली निकालेको छ । कलेजका प्रशासन तथा आइटी विभागका प्रमुख सुमन्त सिलवालका अनुसार कानुन संकाय अन्तर्गत १० जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएकोमा सबैजना उत्तीर्ण भएका छन् ।

कलेजकी मधुमिता यादवले सबैभन्दा बढी ३।६६ जीपीए हासिल गरेको उहाँले बताउनुभयो । कलेजले ३ वर्षदेखि अङ्ग्रेजी माध्यमबाट कानून संकायको अध्यापन गराउँदै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*