सांसद सिंहले गरे आँखा अस्पताललाई आर्थिक सहयोग

हेटौंडा। मकवानपुर जिल्लाको क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका सदस्य दीपक सिंहले तिलगंगा आँखा अस्पताल प्रतिष्ठानलाई आर्थिक रकम सहयोग गरेका छन् ।

पूर्वाधार विकास समितिका सभापति समेत रहेका सिंहले मंगलबार हेटौंडामा अयोजित एक कार्यक्रमबीच तिलगंगा आँखा अस्पताल प्रतिष्ठान काठमाडौंका कार्यकारी निर्देशक डा.सन्दुक रुइतलाई आर्थिक रकम हस्तान्तरण गरेका हुन् । उनले १ वर्षको तलबमा रकम थप गरेर कुल ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ अस्पताललाई प्रदान गरेका हुन ।

सांसद सिंहले राज्यबाट आएको तलब जनताले तिरेको करबाट आएकोले आफुले त्यो रकम नखाने र आँखा अस्पताललाई बुझाउने भनेर निर्वाचनको बेलामा जनतासँग वाचा गरेको बताए ।

डाक्टर सन्दुक रुइतले संघीय सांसद सिंहले दिएको रकम अति सिमान्तकृत समुदायको लागि सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा हेटौँडाका पुर्व मेयर हरिबहादुर महत, अस्पतालका प्रमुख डाक्टर सुनिल थकाली लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*