७२ हजार पशुलाई लम्पी स्किनविरूद्धको खोप

हेटौंडा । गाईभैंसीमा लाग्ने संक्रामक रोग लम्पी स्किनविरुद्धको खोप अभियानअन्तर्गत् बागमती प्रदेशभर झण्डै ७२ हजार पशुमा खोप लगाइएको छ ।

यो खोप अभियानको लक्ष्यभन्दा ४ हजारले कम हो । बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ वटा जिल्लामा गरि ७६ हजार २७५ गाईभैंसीमा खोप लगाउने लक्ष्य राखेकोमा ७१ हजार ९७७ पशुमा खोप लगाइएको पशुपन्छी तथा मत्य विकास निर्देशनालयका निर्देशक गौरिमान श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले २५ साउनदेखि ३१ गतेसम्म ११९ वटै स्थानीय तहको समन्वयमा खोप अभियान चलाएको थियो ।

बागमती प्रदेशको १३ वटा जिल्लामा गाईरगोरुरसाँढे ३६ हजार ९ सय १४, बाच्छारबाच्छी १० हजार १ सय १३, राँगोरभैंसी १६ हजार ७ सय ३८ र पाडारपाडी ८ हजार २ सय १२ वटा गरी ७१ हजार ९ सय ७७ वटा पशुमा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ५ हजार १ सय ३६, ललितपुरमा २ हजार १ सय ४५, भक्तपुरमा ६ सय ९४, धादिङमा ७ हजार ४ सय ९२, काभ्रेमा ८ हजार ५ सय १३, नुवाकोटमा ८ हजार ४८, रसुवामा ४ हजार ४ सय १० वटा गाईभैंसीमा खोप लगाइएको छ ।

यस्तै, सिन्धुलीमा ५ हजार ४ सय ३७, रामेछापमा ४ हजार २ सय २२, दोलखामा ७ हजार २ सय ८७, सिन्धुपाल्चोकमा १ हजार ३ सय २, चितवनमा १० हजार २ सय ७९ र मकवानपुरमा ७ हजार १२ वटा गाईंभैंसीमा खोप लगाइएको मन्त्रालयको पशुपन्छी विकास महाशाखाका पशु सेवा अधिकृत डा। सन्तोष अधिकारीले जानकारी दिए ।

मन्त्रालयले मकवानपुरमा ७ हजार पाँच सय, ललितपुरका लागि ८ हजार ३ सय २५, नुवाकोटका लागि ११ हजार, धादिङका लागि ६ हजार ९ सय, चितवनका लागि ८ हजार, दोलखाका लागि ५ हजार, काभ्रेका लागि ८ हजार, सिन्धुलीका लागि ८ हजार दुई सय ५० डोज खोप लगाउने लक्ष्य लिएको थियो ।

निर्देशक श्रेष्ठले वर्षातको कारण र कतिपय स्थानीय तहको भौगोलिक विकटताका कारण खोप अभियानले लक्ष्य भेट्न नसकेको बताए । ञवर्षातको दिनमा ७(८ हजार पशुमा मात्रै खोप लाग्यो मौसम खुलेको दिन १३(१४ हजार पशुमा खोप लगाउन सफल भएका थियौं । स्थानीय तहको समन्वयमा खोप लगाउने कार्यक्रम जारी नै हुनेछ । लक्ष्य भन्दा बढी नै पुग्छ,झ श्रेष्ठले भने ।

गत आर्थिक वर्ष २०८०र८१ मा लम्पी स्किन रोगको संक्रमबाट बागमती प्रदेशमा ११ हजारभन्दा बढी गाईभैंसीको मृत्यु भएपछि यसवर्ष प्रदेश सरकारले रोग लाग्न सुरु हुनुअघि नै लम्पी स्किनविरुद्धको खोप अभियान सुरु गरेको मन्त्रालयका सचिव विनोद भट्टराईले जानकारी दिए ।

प्रदेशमा रहेका १० लाख ११ हजार एकसय ३६ गाई र आठ लाख ३२ हजार एकसय ९३ भैंसीलाई लम्पी रोगको संक्रमण हुन नदिन वार्षिक कार्यक्रमअन्तर्गत् नै खोप अभियान चलाइएको मन्त्रालयका भट्टराईले बताए ।

बागमती प्रदेशमा वार्षिक चार लाख ५५ हजार एक सय ४२ मेट्रिक टन दूध उत्पादन भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

बागमतीको चितवन, काभ्रे, सिन्धुली, धादिङ र मकवानपुर सबैभन्दा धेरै दूध उत्पादन गर्ने जिल्ला हुन् । प्रदेशका अधिकांश किसान गाईभैंसी पालनबाट आत्मनिर्भर छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*