सतगुरु शिवशक्तेश्वर धाममा शिवलिंगको प्राण प्रतिष्ठा गरियो
मकवानपुर । हेटौँडा–९ माल्दिभ्स टोलमा नव निर्मित सतगुरु शिवशक्तेश्वर धाममा आईतबार शिवलिंगको प्राण प्रतिष्ठा गरिएको छ । ओम सतगुरु शिवशक्तेश्वर बाबा सेवा केन्द्रका अध्यक्ष निलम देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालय,बागमती प्रदेशका माननीय मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यता र बागमती प्रदेशका सांसद लक्ष्मीदेवी श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले अध्यात्मले व्यक्तिलाई अनुशासन र आचरणमा रहन प्रेरित गर्ने बताउनुभयो । धर्म र अध्यात्मले सकरात्मक उर्जा मिल्ने हुँदा राष्ट्र र समाज निर्माणमा नविनतम् चिन्तन हासिल हुने बताउनुभयो ।

कार्यक्रममा सतगुरु शिवशक्तेश्वर बाबा, गुरु आमा, विभिन्न टोल विकास संस्था, जनप्रतिनिधि, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि लगायत भक्तजनहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लघुरुद्री, चण्डी पाठ, बिष्णुसहस्त्रनाम, गितापाठ, लाखबत्ती दिप प्रज्वलन गरिएको थियो । साथै कार्यक्रममा बिहान हेटौँडा–९ कुष्माण्ड सरोवर त्रिवेणी धामबाट जल उठाई कलश यात्रा गरिएको थियो ।
























