बाढीले बगाउँदा दुई जनाको ज्यान गयो
काठमाण्डौ – रुकुम पश्चिमको मुसिकोटमा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा अन्दाजी २० वर्षीया निर्मला केसी थापा र अन्दाजी ५० वर्षीय सर्जन पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज पोख्रेलले दिनुभएको जानकारीअनुसार हिजो बेलुकी मोटरसाइकल चढेर खोला तर्दै गर्दा उनीहरूलाई बगाएको हो । उनीहरूको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।
























