आज बस्दै बागमती प्रदेश सभा बैठक

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ । गत १६ साउनमा विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको हो ।

आइतबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेशसभा बैठक २ दिन चल्ने प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार आइतबारको बैठकमा विशेष समय र समितिबाट तयार भएको ३ वटा विधेयकका प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ । शनिबार दिउँसो बसेको प्रदेशसभा अन्तर्गतको कार्यव्यवस्था समितिको बैठकले विशेष समय र विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची तयार गरेको हो ।

ठकको निर्णय अनुसार विशेष समयमा दलीय हिसाबमा सांसदहरूले ३ मिनेटमा आफ्नो धारणा राख्ने छन् भने सो पश्चात् बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट पारित भएको २ वटा र उद्योग पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा विधेयकको प्रतिवेदन संसद्मा प्रस्तुत हुनेछन् ।

शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*