दियालोको शेयर पूँजी ६३ लाख ९५ हजार

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडामा रहेको दियालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभामा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपक बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघको सचिव बिरेन्द्र प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता साथै हेटौंडा ३ नम्बर वडाका वडाध्यक्ष ढलक बहादुर थापाको विशेष आतिथ्यता रहेको थियो ।  ९ सय ४८ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी ६३ लाख ९५ हजार ६०० सय रुपैयाँ रहेको छ ।

शनिबार भएको संस्थाको दशौं वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दिपक बर्तौलाले आर्थिक वर्ष २०७९/८० मा सहकारीको शेयर पुँजी ६२ लाख ५३ हजार ५ सय रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा सहकारीको शेयर पूँजी ६३ लाख ९५ हजार ६०० सय रुपैयाँ पु¥याएको बताए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष पशुपति नहर्कीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा समितिका सदस्य देवी कुमारी थिङले प्रस्तुत गरेकी थिइन । ३ करोड ८७ लाख ९६ हजार ३ सय ५४ निक्षेप रकम रहेको सहकारीको कुल कर्जा लगानी २ करोड ८३ लाख ९६ हजार ४ सय ७१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता तर्फ सुनिता पाठक, उत्कृष्ट शेयर सदस्य एनिस रुवाली,असल बचतकर्ता अनिल न्यौपाने, असल ऋणी गौरी बास्कोटा, उत्कृष्ट दुग्ध किसान कल्पना रिमाल, ज्येष्ठ शेयर सदस्य महिला माया देवी बर्तौला र पुरुष चन्द्र बहादुर पुडासैनी सम्मानित भएका छन । कार्यक्रममा दियालो साकोसका बरिष्ट सल्लाहाकार शिवराज बर्तौला, परिवर्तन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शर्मिला न्यौपाने, मनकामनामाई बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधी,स्थानिय संघ संस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*