दुर्घटनामा घाइते भएक एक जनाको उपचारको क्रममा मृत्यु

हेटौंडा । हेटौंडामा ट्रकले ठक्कर दिएर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४, रजतजयन्तीचोकमा ट्रकले ठक्कर दिएर घाइते भएका हेटौँडा–१, चौकीटोलका ३३ वर्षीय कृष्ण न्यौपानेको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

सोमबार दिउँसो हेटौँडा–४, रजतजयन्तीचोकमा ना ६ ख ३३७६ नम्बरको ट्रकले ठक्कर दिएकर न्यौपाने गम्भीर घाइते भएका थिए । उनको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*