श्रीवैष्णव युवा परिषद् मकवानपुरको साधारणसभा सम्पन्न

हेटौंडा । श्रीवैष्णव युवा परिषद् मकवानपुरको आठौं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । युवा परिषद् मकवानपुरका अध्यक्ष दुर्गा प्रसाद न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

कार्यक्रममा हेटौंडा–१७ का वडाध्यक्ष उद्धव सत्यालको विशिष्ट आतिथ्यता रहेको थियो । साथै श्रीवैष्णव युवा परिषद् बामगती प्रदेश संयोजक एवं श्रीलक्ष्मीनारायण मन्दिर रंगपथ हेटौंडाका मठाधिश स्वामी रामानुजाचार्य, वैष्णव परिषद् एवं महिला परिषद् मकवानपुरका अध्यक्ष, युवा परिषद् केन्द्रीय सदस्य लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र सयौं भक्तजनहरूको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*