हेटौंडामा युवकले चक्कु प्रहार गर्दा चार जना घाईते

हेटौंडा । मकवानपुरको हेटौंडामा चक्कु प्रहार गरि तीनजना घाईते बनाउने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा–११ शान्तिटोलमा भएको घटनामा संलग्न रहेको युवकलाई प्रहरीले चक्कु सहित नियन्त्रणमा लिएको छ ।

मदिरा सेवन गरि उनले अन्नधुन्न चक्कु प्रहार गर्दा आफ्नै आमा शान्ती कोइराला, छिमेकीहरु सविना पौडेल, कृष्ण पौडेल र हरि बिडारी घाईते भएको प्रहरीको भनाई छ ।

घाइते तीनजनाको हेटौंडा अस्पताल उपचार भैरहेको र आमाको सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*