हेटौंडा–५ लाई बालमैत्री वडा घोषणा गरिँदै

मकवानपुर । बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ माघ ५ गते शनिबार हेटौंडा उपमहानगर वडा नम्बर– ५ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै ५ नम्बर वडाका वडा अध्यक्ष सुशील घिमिरेले निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिन लागिएको जानकारी दिए ।
बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४७ वटा सुचकहरु १०० प्रतिशत र बाकी ४ वटामा आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल भएको अध्यक्ष घिमिरेले बताए ।
वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ३ हजार ७ सय ९८ रहेको छ । जसमा २ हजार १६ बालक र १ हजार ७ सय सय ८२ बालिका रहेका छन् ।
वडामा सामुदायिक र सस्थागत र बाल विकास केन्द्र सहितका ९ वटा विद्यालयहरु सन्चालनमा रहेका छन् । साथै समुदाय स्तरमा २४ वटा बालसमुहरु , र १ वडा बालसन्जाल रहेको छ । जसमा ६ सय जना बालबालिकाहरु आवद्ध रहेका छन् ।
यस अभियानमा विभिन्न बालश्रमिकको उद्वार गरि पारिवारिक मिलन समेत गरिएको छ भने दुई बालविवाह रद्द गरिएको छ । वडामा बालअधिकार समिति, बालसमुहहरु, बालसमुह सन्जाल, टोलविकास सस्थाहरु, युवा क्लब, आमा समूह, वन समुह साथै विभिन्न सामुदायिक सस्थाहरु क्रीयाशिल छन् ।