हेटौंडामा एक महिला मृत भेटिइन

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा एकजना महिला मृत भेटिएकी छिन् ।

हेटौंडा वडा नम्बर १ स्वर्गलोकमा महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार दिउँसो १२ बजेको समयमा हेटौंडा १ स्वर्गलोक स्थित लीलामणि पौडेलको घर अगाडि मनहरी गाउँपालिका वडा नम्बर ३ हाडिखोला घर भएकी ३७ बर्षिय सीता ब्लोन बेबारिसे अवस्थामा मृत फेला परेको हो ।

मृतक ब्लोन हेटौंडा बजार क्षेत्रमा कबाडीको काम गरि व्यवारिसे अवस्थामा बस्दै आएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*