रवि लामिछानेलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाइयो

काठमाडौं । रूपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएको छ ।

सुप्रिम सहकारी ठगीमा मुद्दा लागेका रविलाई जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार बयान लिइएको थियो ।

बयान सकिएपछि उनलाई थुनछेक बहसमा उपस्थित गराउनेगरी श्रीमती निकिता र कानुन व्यवसायीको जिम्मामा पठाउने आदेश भएको हो ।

जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीका अनुसार लामिछानेलाई बिहीबार बिहान १० बजे अदालत उपस्थित हुनेगरी श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश भएको छ ।

सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड लिएको भौचर भेटिएको भन्दै उनीविरुद्ध सहकारी ठगी मुद्दा लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*