जेसीआई हेटौंडामा बानियाँ पदस्थापित,महासचिवमा न्यौपाने

हेटौंडा । जेसीआई हेटौंडाको ४७ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बुधबार जेसीआई हेटौंडा वर्ष २०२४ का अध्यक्ष बिकेशलाल श्रेष्ठले वर्ष २०२५ का निर्वाचित अध्यक्ष पंकजदास बानियाँ लाई पद हस्तान्तरण गरेका हुन् ।

अध्यक्षमा बानियासँगै कार्यकारिणी उपाध्यक्षद्वयमा सन्तोष पराजुली र विश्वप्रसाद गौतम साथै उपाध्यक्षमा किरण आले, विवेक फुयाल, कुशल रिजाल र प्रविण श्रेष्ठ पदस्थापित भएका छन् ।

जेसीजको महासचिवमा सञ्जय कुमार न्यौपाने तथा कोषाध्यक्षमा विजय गोपालीलाई मनोनित गरिएको अध्यक्ष बानियाले बताए ।

त्यसैगरी सचिवमा राहुल जालान, तालिम संयोजकमा राज खड्गी, भवन संयोजकमा दीपक कुमार वर्नवाल, थिम डाइरेक्टरमा अशोक सिंह पब्लिक रिलेशन अफिसरमा विनोद वाग्ले, शाखा सम्पादकमा कृष्णगोपाल महर्जन र कानूनी सल्लाहकारमा विपिन ताम्राकारलाई मनोनित गरिएको छ ।

साथै, जेसीजको प्रमुख बोर्ड सल्लाहकारमा कुशकुमार रिजाल , कृष्ण कटुवाल, धर्मराज बानियाँ, रवि नेपाल र पवन कुमार कंसाकार बोर्ड सल्लाहकार रहेका छन् भने बिक्रम उलक, उज्ज्वलराज शाक्य, राजेन्द्र ढुंगाना, शिवकुमार श्रेष्ठ र सञ्जय श्रेष्ठ ‘गोपाल’ अध्यक्ष सल्लाहकार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*