प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा शर्मा, सचिवमा पराजुली
हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा यमप्रसाद शर्मा पौडेल (एमपी) निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार हेटौँडामा भएको सेन्टरको छैठौं जिल्ला अधिवेशनबाट शर्माको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
शाखाको उपाध्यक्षहरुमा अशोकसुजन श्रेष्ठ, नवराज वाईबा, सचिवमा अनिल पराजुली, कोषाध्यक्षमा राजेश थापा (गरिब) र सहसचिवद्वयमा जमुना थिङ, सुरेश बल चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा विवेक सिन्तान, केदार ढकाल, सुमित विश्वकर्मा, सिता कोइराला, राजकुमार स्याङ्बो, युवराज बिमली र आशिष बल चयन भएको बताइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलान, मकवानपुरका संयोजक भिम पाख्रिन, प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरी, केन्द्रिय उपाध्यक्षद्वय लक्ष्मण खड्का र निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल लगायतको उपस्थिति रहेको थियोे ।
























