मोबाइल एशोसिएसन मकवानपुरमा न्यौपाने

हेटौंडा । मकवानपुरमा मोबाइल बिक्रेताहरुको संस्था मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । न्यौपानेले ७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रोहिणीप्रसाद गौतमले ५७ मत प्राप्त गरेका थिए ।

शनिबार १४ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन मा नयाँ कार्यसमितिका लागि अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएको थियो ।

एशोसिएसनको उपाध्यक्षमा अनिलदास बानियाँ ८२ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी शिवराज बास्तोलाले ४९ मत मात्र प्राप्त गरेका थिए । १ सय ३४ जना सदस्य रहेको एशोसिएसनमा १ सय ३२ मत खसेको थियो ।

एशोसिएसनको अन्य पदाधिकारी तथा सदस्य भने निर्विरोध चयन भएका छन् । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा राजकुमार दाहाल, महासचिवमा मिलन स्याङ्तान, सचिवमा सुमन रायमाझी, कोषाध्यक्ष प्रवेश चापागाईं सहकोषाध्यक्ष पुष्पराज गौतम निर्विरोध चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा एदिश रिजाल, जीवनाथ अधिकारी, पप्पुकुमार केशरी, सन्तोष दाहाल, अदाम हुसेन मसुरी र निरोज रिमाल रहेका छन् । १५ सदस्यीय कार्यसमितिमा बाँकी २ सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*