जेनिथको विद्यालय गीत सार्वजनिक

हेटौंडा। हेटौंडा–५ मा अवस्थित जेनिथ इन्टरनेशन माध्यमिक विद्यालयले सरस्वती पूजाको दिनमा विद्यालय गीत सार्वजनिक गरेको छ। विद्यालयको म्युजिक शिक्षक आकाश खड्काको शब्द संयोजन रहेको छ भने म्युजिक शिक्षक आकाश खड्का, रबिन मानन्धर र विद्यार्थीहरूको सहयोगमा गीत तयार पारिएको हो । विद्यालयले जेनिथ सेकेण्डरी स्कूलको फेशबुकमा गीत सार्वजनिक गरेको छ ।
विद्यालय गीतले जीवनोउपयोगी, व्यावहारिक र शिक्षण प्रणालीतर्फ उन्मुख हुन प्रेरित गर्ने भाव बोकेको विद्यालयको प्रिन्सिपल श्रीबहादुर कार्कीले बताए । विद्यालयको हरेक औपचारिक कार्यक्रममा विद्यालय गीत गाउने परम्परा स्थापित गर्ने योजना बनाएको विद्यालयको विद्यालयका प्रशासन अधिकृत सुमन्त सिलवालले जानकारी दिए । यसैगरी श्रीपञ्चमीको अवसरमा आयोजित अक्षरारम्भ कार्यक्रममा ५१ जनाले भर्ना गरेका छन् ।
प्ले ग्रुप देखी माध्यामिक तह र उच्च माध्यामिक तह सम्म अध्ययन हुने जेनिथ माध्यामिक विद्यालयमा हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपलिका, भीमफेदी गाउँपालिकाका क्षेत्रका विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् । विद्यालयका अध्यक्ष रमिता पाण्डेको अध्यक्षतामा सुरु भएको अक्षराम्भ कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्की, संगीत शिक्षक आकाश खड्का, प्रशासन अधिकृत सुमन्त सिलवाल लगायतको उपस्थिती रहेको थियो ।