बागमती प्रदेशमा आज सर्वदलीय बैठक बस्दै

बागमती । बागमती प्रदेशमा आज सर्वदलीय बैठक बोलाइएको छ ।
माघ २३ गते बोलाइएको प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको दिउँसो ३ बजे सर्वदलीय बैठक डाकेका हुन् ।
प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गते मात्र सुरु भएको थियो । उक्त बैठकमा ३ वटा विधेयक पेस गर्ने भनिएको थियो । तर दलहरूबीच सहमति नजुट्दा विधेयक पेस हुन सकेको थिएन ।
सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० तथा अन्य दलहरूले बजेट खर्चको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् । यी विषयमा दलहरूबीच थप छलफल आवश्यक रहेको जनाउँदै सभामुखले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।