हेटौँडामा आजबाट फोहोर संकलन कार्य रोकिने
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा आजबाट फोहोर संकलन कार्य रोकिने भएको छ ।
फोहोर थुपारिएको क्षेत्रमा भएको विवादको कारण उच्च अदालत पाटन हेटौँडा इजलाशले अल्पकालिन आदेश जारी गरेपछि हेटौँडा उपमहानगरपालिकाले सूचना जारी गरेर अर्को सूचना नभएसम्म फोहोर संकलन कार्य रोकिएको जनाएको हो ।
फोहोर संकलन रोकिने भएपछि हेटौँडामा प्रदुषणको खतरा बढ्ने देखिएको छ ।
























