हेटौंडामा भएको राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि शोणितपुरले जित्यो

हेटौंडा । हेटौंडामा भएको दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि शोणितपुर डोजाङ काठमाण्डौंले जितेको छ ।
शोणितपुर डोजाङ ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित प्रथम भएको हो । आयोजक क्रियटिभ तेक्वान्दो एकेडेमी मकवानपुर ७ स्वर्ण , ३ रजत र८ कास्यसहित दोस्रो भएको छ ।
त्यस्तै चितवनले ५ स्वर्ण, ५ रजत र ८ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगिताको विजेता टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी हात पारेका छन् ।