अर्थमन्त्री पौडेल र मेयर आचार्यको बर्न अस्पतालमा उपचार सुरु

काठमाण्डौ । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ ।

पोखरा सभागृहमा दिउँसो रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको झिल्कोले समातेको थियो । आगोको झिल्कोले समात्नेबित्तिकै अर्थमन्त्री पौडेल र मेयर आचार्यको हातमा रहेका दुवै बेलुन पड्किएका थिए । त्यसबाट निस्केको आगोको ज्वालाले जलेर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते हुनुभएको हो ।

पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले उहाँलाई थप उपचारका लागि काठमाण्डौ रिफर गरेका हुन् । मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा जलेको छ । त्यस्तै मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो । प्राथमिक उपचारपछि उहाँलाई काठमाण्डौ रिफर गरिएको हो । उहाँको अनुहार र गाला जलेको छ ।

पोखरामा उपचार हुन नसकेपछि दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौ लगिएको हो । दुवैको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*