९७ श्रमिकलाई निष्काशन गरेपछि उद्योगमा चरणबद्ध आन्दोलन

हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रस्थित एन्टारटिक बिस्कुट प्रा.लिले ९७ श्रमिकलाई निष्काशन गरेपछि उद्योगमा चरणबद्ध आन्दोलन सुरु भएको छ । फागुन १ देखि जारी आन्दोलनलाई थप चर्काउने श्रमिकहरुले चेतावनी दिएका छन् ।

व्यवस्थापन पक्षले गैरकानुनी तवरले अनुचित श्रम अभ्यास गरेको विरुद्धमा श्रमिकहरु आन्दोलित भएका हुन् ।नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले यस कार्य तुरुन्त बन्द गरेर श्रमिकलाई यथासिघ्र पुनर्बहाली गर्न भनेको छ । व्यवस्थापन पक्षको गलत कदम नसच्चिए आन्दोलन थप चर्काउने चेतावनी जिफन्टका नेताहरुको छ ।

श्रमिकहरुलाई निष्काशन गरिएको विरुद्धमा जारी संघर्ष र थप योजना निर्माणका निमित्त हेटौंडास्थित जिफन्ट प्रदेश कार्यालयको हलमा समग्र उद्योग ट्रेड यूनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामी, नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याल लगायतको उपस्थितिमा बसेको बैठकले ४ दिनदेखि जारी विरोध कार्यक्रमलाई यथावत राख्दै फागुन ७ गते मजदुरहरूको तर्फबाट व्यापक विरोध गर्ने निर्णय लिएको छ ।

त्यस्तै समग्र उद्योग ट्रेड यूनियन नेपाल केन्द्रीय अध्यक्ष आनन्द थामीको संयोजकत्वमा रामहरि नेपाल, अर्जुन अर्याल, धर्म बस्नेत, भवानी शर्मा, सन्तोष पौडेल, लालकृष्ण प्याकुरेल, केशव अधिकारी र बुद्ध विक रहेको आन्दोलन परिचालन स्टेरियङ कमिटी निर्माण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*