हेटौँडा–फाखेल–फर्पिङ सडक २० दिनका लागि एकतर्फी

हेटौँडा । मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको सडक हेटौँडा–फाखेल–फर्पिङ सडकस्तरोन्नतिका क्रममा शनिबारबाट एकतर्फी गरिएको छ ।

हेटौँडा–फाखेल–हुमानेभञ्ज्याङ आयोजनाको मकवानपुर जिल्लाअन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको कलङ्कीदेखि महालक्ष्मीखोलासम्म सडक ढलानका क्रममा उक्त सडक खण्डमा सवारी साधनको आवागमन एकतर्फी गरिएको प्रदेश पूर्वाधार विकास कार्यालय, मकवानपुरले जनाएको छ ।

उक्त कार्यालयका कार्यालय प्रमुख सुजन भण्डारीले सडक ढलानका क्रममा सवारी साधनको अत्यधिक चापका कारण निर्माण कार्य सहजरुपमा हुन नसकेका कारण एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सवारी साधन जाम भई यात्रुले समेत सास्ती भोग्नु परेको छ ।

हेटौँडा–फाखेल–हुमाने सडकबाट हेटौँडा–काठमाडौं जाने गरी एकतर्फी चलाउनुपर्ने भएकाले आवश्यक समन्वय गरिदिन काठमाडौं र मकवानपुरको जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

साथै सो क्षेत्र हुँदै हेटौँडा–काठमाडौं यात्रा गर्न हेभी–सिस्नेरी–दक्षिणकाली वैकल्पिक सडक उपलब्ध रहेको समेत उहाँले बताउनुभयो ।

यस्तै, महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग स्तरोन्नतिका क्रममा गत आइतबारबाट डेढ महिनाका लागि बन्द गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*