काभ्रेको धुलिखेलमा बस दुर्घटना

काठमाडौं । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बस मंगलबार बिहान काभ्रेको धुलिखेलमा दुर्घटना भएको छ । वाग्मती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको बस धुलिखेल नगरपालिका–१०, सारदा बतासेस्थित बीपी राजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अनियन्त्रित भई बस सडकमा पल्टँदा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बनेपाले जानकारी गराएको छ । बिहान करिब ८ बजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उपचारका निम्ति घाइतेलाई धुलिखेल अस्पतालमा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*