हेटौंडा-१५ ले गर्यो विजेता खेलाडीलाई सम्मान
हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ ले विजेता खेलाडीहरूलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ।“अनुपम घलान स्मृति नगरस्तरीय १६ वर्षमुनिको फुटबल प्रतियोगिता” को उपाधि हेटौंडा वडा नम्बर १५ ले जिते पछि सोमबार वडा कार्यालयले खेलाडी सम्मान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीको अध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष सुनिल मोक्तानले विजेता खेलाडीहरूलाई बधाई दिँदै खेलकुद क्षेत्रमा लागेका खेलाडीहरूलाई वडाको तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाए। उनले स्मरण गर्दै भने, “हामी सानो हुँदा मोजाको बल बनाएर खेल्थ्यौं, अहिले भने तपाईंहरूलाई राम्रोसँग खेल्न आवश्यक सम्पूर्ण सामग्रीको जोहो वडा कार्यालयले गरिदिनेछ।” साथै, उनले खेलाडीहरूलाई आफ्नो वडा र राष्ट्रको नाम राख्न खेल क्षेत्रमा निरन्तर लाग्न आग्रह गरे। खेलकुदको लागि वडाले हरेक समस्या समाधान गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे।

सम्मान कार्यक्रममा खेलाडीहरूलाई नगद सहित सम्मानपत्रका साथै फुटबल जुत्ता पनि प्रदान गरेकोको थियो । कार्यक्रममा वडा सदस्यहरू पार्ली गोङ्ग्बा, मिनु विश्वकर्मा, सिंह बहादुर लामा, वडा सचिव कृष्ण बहादुर क्षेत्री, वडाका कर्मचारीहरू तथा खेलाडीका अभिभावकहरूको उपस्थिति रहेको थियो।
























