मकवानपुरकी पहिलो महिला सिडिओ श्रेष्ठ द्धारा पदभार ग्रहण

हेटौंडा । मकवानपुर जिल्लाको नयाँ प्रमुख जिल्ला अधिकारी सिडिओ को रूपमा स्किम श्रेष्ठले आज पदभार ग्रहण गर्नुभएको छ ।

श्रेष्ठ मकवानपुर जिल्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ। उहाँ यसअघि नवलपरासी जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा हुनुहुन्थ्यो।

यसअघिका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको माघ २९ गतेको निर्णयानुसार संघीय अर्थमन्त्रालयमा सरुवा भएपछि श्रेष्ठलाई मकवानपुर पठाइएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*