हेटौंडा नगर स्तरीय भलिबल प्रतियोगिता हुदै

हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले हेटौंडा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

फागुन १६ गते र १७ गते दुई दिन चल्ने प्रतियोगितामा हेटौंडा नगरका १० वटा विद्यालयको टिम सहभागी हुने प्रतियोगिता संयोजक बालकुमार श्रेष्ठले जानकारी दिएका छन्। बिहीबार सिमितले पत्रकार सम्मेलनमा आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो ।

प्रतियोगिता हेटौंडा ४ मा रहेको आधुनिक माविको खेलमैदानमा आयोजना हुने र प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमल् नगद क्रमश ७ हजार, ५ हजार र ३ हजार मेडल प्रमाणपत्र प्राप्त गर्ने सम्मेलनमा कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिएका छन् ।

हेटौडाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन् खेल सिद्धार्थ मावि र ज्योति मावि बिच हुने जनाइएको छ ।

शिक्षणका साथै अतिरिक्त क्रियाकलापमा महिला सहभागिता वृद्धि गरी सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुगोस भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइँटेलले बताएका छन् ।

बिहीबार नै पत्रकार सम्मेलनमा खेलको टाइसिट सार्वजनिक गरिएको छ । प्रतियोगितामा श्रीकृष्ण आधारभूत विद्यालय हेटौंडा-६,सिद्धान्त मावि हेटौंडा-२,वंशगोपाल मा वि हेटौंडा-६,भूटनदेवी र आधुनिक मा वि हेटौंडा-४ त्रिभुवन मा वि हेटौंडा-११,ज्योति मा वि हेटौंडा-१८ र जनप्रिय मावि हेटौडा-१६ र प्रगति मावि हेटौंडा-९ सहभागी टिम हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*