सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प
हेटौंडा,फागुन १६ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार बिहान २ः५१ को समयमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
नेपालको धेरै जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ । क्षतीको विवरण आउन बाकी रहेको छ ।
























