राक्सिराङमा महिलाको शव फेला
हेटौंडा । घाँस काट्न गएपछि बेपत्ता एक महिलाको शव दुई दिनपछि सोमबार फेला परेको छ ।
राक्सिराङ गाउँपाालिका–६ कोलडाँडाकी ४८ वर्षीया सीतामाया घलानको शव सिलिङ सामुदायिक वनको भीरमुनि भेटिएको हो । गाईबस्तुलाई घाँस काट्न घरबाट निस्केकी घलान दुई दिनसम्म घर नफर्केपछि आफन्त र स्थानीयवासीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।
सिलिङ सामुदायिक वनको भीरमा घाँस काट्ने क्रममा खसेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । उक्त भीर मृतकको घरबाट करिब १ किलोमिटरको दूरीमा पर्छ ।
























