मकवानपुरमा डम्पिङसाईटमा नवजात शिशुको शव फेला
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नवजात शिशुको शव फेला परेको छ ।
मनहरी गाउँपालिका—७, स्थित मनहरी बजारको डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार शिशुको शव फाल्नेको पहिचान हुन सकेको छैन ।
२० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएको खबरपछि प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
शिशुलाई करिब २ दिन अगाडि जन्माएर डम्पिङसाइटमा फालेको हुन सक्ने डिएसपी अर्यालले जानकारी दिए ।
























