महिलामाथि हुने हिंसा अन्त्य गर्नुपर्छ– बागमती प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा ११५ औं श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरणू भन्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय नाराका साथ आज मार्च ८ का दिन विश्वभर मनाइँदै छ । दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाद्वारा प्रकाशित शुभकामना सन्देशमा भनिएको छ ‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

महिलाको हक अधिकारको सवाललाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । संवैधानिक व्यवस्था बमोजिम महिलाका अधिकार राज्यका विभिन्न निकायहरुमा अहिले कार्यान्वयन भइरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाभित्र अधिकार सम्पन्न भएका महिलाहरु आफ्नो अधिकार स्वतन्त्रतापूर्वक उपभोग गरिरहेका छन् । यि सवाल संघीय राज्य व्यवस्थामा प्राप्त गरिएको महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनु भएको छ ।

कानूनी व्यवस्था हुँदाहुँदै पनि कतिपय अवस्थामा पितृसत्तात्मक सोचका कारण समाजमा महिलामाथि विभिन्न हिंसा, अन्याय हुनु निन्दनीय भएको उल्लेख गर्नु हुँदै प्रदेश प्रमुख देवकोटाले यसको अन्त्य गर्नमा सबैले आ९आफ्नो सबैले पुरा गर्नु पर्ने बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*