नेपाल अडिटर्स एसोसिएसन बागमती प्रदेश अध्यक्षमा पुनः बर्तौला

हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा रामकुमार बर्तौला पुनः चयन भएका छन । आज शनिबार हेटौंडामा सम्पन्न अडानको सातौं अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा द्वारिका रिजाल,लव प्रसाद सुवेदी,माधव प्रसाद बास्तोला सचिवमा तेजप्रसाद रुपाखेती, कोषाध्यक्षमा मणिप्रसाद सुवेदी, सहसचिवमा लेखराज सापकोटा, सहकोषाध्यक्षमा इन्द्रमणी गैरे, सदस्य राजेन्द्र प्रसाद उप्रेती,याम प्रसाद काफ्ले, तेज प्रसाद आचार्य,मोहन प्रसाद पौडेल,भेषराज कोइराला लगायत २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नेपाल अडिटर्स एसोसिएसन (अडान) का केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अडान निवर्तमान केन्द्रिय अध्यक्ष एवम सल्लाहकार समितिका संयोजक मोहनराज रेग्मी , बरिष्ठ उपाध्यक्ष बद्री प्रसाद भट्टराई, विशेषज्ञ समितिका संयोजक सूर्य प्रसाद अधिकारीको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अडानका तृतीय उपाध्यक्ष झलकमणि लम्साल ,उपाध्यक्ष प्रदिप कुमार यादव ,उपाध्यक्ष बहादुर सिंह बिष्ट,महासचिव प्रेम कुमार श्रेष्ठ,उपमहासचिव हरि बहादुर कार्की,भरत कुमार श्रेष्ठ र राजेन्द्र प्रसाद ढुङ्गाना, सचिव राम गोपाल महर्जन,केन्द्रीय सदस्यहरु देवि प्रसाद डल्लाकोटी,प्रकाश ढकाल,बागमती प्रदेश सल्लाहकार समितिका संयोजक  रोहित कुमार झा,सल्लाहकार सकुल कुमार श्रेष्ठ, कल्पना ईटेनी, चितवन अडानका पूर्व अध्यक्ष तथा अडान केन्द्रीय विशेषज्ञ समितिका सदस्य ढाकानाथ पौडेल, प्रदेश समिति,जिल्ला अध्यक्ष तथा पदाधिकारी,पर्यवेक्षक लेखापरीक्षक सदस्य लगायतको आतिथ्यता रहेको थियो ।

त्यसैगरी नवनिर्वाचित प्रदेश समितिको पहिलो बैठकबाट सल्लाहकार समितिको संयोजकमा रोहित कुमार झा, विशेषज्ञ समितिको संयोजकमा सकुल कुमार श्रेष्ठ र अनुशासन समितिका संयोजकमा भेषराज कोइरालालाई चयन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*