शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।

शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् । अहिले केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*