सरकार शिक्षक आन्दोलनलाई दमन गर्नेतिर लाग्यो : माओवादी

काठमाडौं । माओवादी केन्द्रले सरकार आन्दोलनरत शिक्षकसँग वार्ता गर्नुको सट्टा घुसपेठ गराउने, फुटाउने र दमन गर्नेतिर लागेको आरोप लगाएको छ ।
आइतबार भएको घटनामा विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको छ । ‘सरकार शिक्षकहरुसँग इमान्दारीपूर्वक सार्थक वार्ता गर्नुको सट्टा घुसपेठ गराउने, फुटाउने र दमन गर्नेतिर उद्दत देखिंदै छ भनी गरिएको आशंका पुष्टि भएको छ’, माओवादीको विज्ञप्तिमा उल्लेख छ ।
बहुमतको दम्भ र अहंकार त्यागी निकासका लागि सरकारले गम्भीरतापूर्वक पहल गर्न पनि माओवादीले आग्रह गर्दै इमान्दारीपूर्वक वार्तामार्फत् शिक्षकका माग पूरा गरी छिटोभन्दा छिटो शिक्षकहरुलाई कक्षा कोठामा फर्काउने वातावरण बनाउन पनि माग गरेको छ ।