साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हेटौंडा । नेपाल रेडक्रस सोसाईटी हेटौंडा उपशाखा हेटौँडा–४ को २२ औँ साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति किसन घिसिङको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका ४ नं वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रेडक्रस मकवानपुरका सभापति लालबहादुर थापा, जिल्ला शाखाका उपमन्त्री शिबहरि दाहालले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पुर्व जिल्ला सभापति सुर्यचन्द्र न्यौपाने, पुर्व उपसभापति उमेश बास्कोटा, जिल्ला सदस्य पिताम्बर बास्तोला,कार्यालय प्रमुख लक्ष्मण भट्टराई, नेपाल बुद्दिचाल महासंघका महसचिब धरम बहादुर लामा, रेडक्रस जिल्ला बिभागका सदस्यहरु सन्जय न्यौपाने, मिलन न्यौपाने, रामप्रसाद प्रसाईं, सल्लाहकार हरिप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
सभाले सचिब हिक्मत श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रगती प्रतिबेदन र कोषाध्यक्ष सिताराम दाहालले पेश गर्नुभएको आर्थिक प्रतिबेदन सर्बसम्मत रुपमा अनुमोदन गरेको जनाएको छ ।