भारतको किट कलेजमा मृत भेटिइन् अर्की नेपाली छात्रा

काठमाडौँ । भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी मा अर्की एक नेपाली विद्यार्थी विश्वविद्यालयको छात्रावासमा मृत फेला परेकी छिन् । विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले घटनाको पुष्टि गरेको छ ।

बारा जिल्लाकी छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास कोठामा झुण्डिएर मृत अवस्थामा फेला परेकी हुन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।

‘करिब साढे ७ बजे नियमित जाँचको क्रममा उनले ढोका नखोलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी थिइन्,’ नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीले जनाएको छ । यही विश्विवद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*