अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा

हेटौंडा । काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ सडकमा सवारीसाधन गुड्न थालेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो ।

सडक मर्मतसम्भार गरेपछि आइतबार दिउँसो देखि सो सडकमा यातायात सञ्चालन भएको मकवानपुरका प्रहरी प्रवक्ता नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*