हेटौँडाका गोरखापत्रकर्मी पराजुली सम्मानित

काठमाडौँ । गोरखापत्रले एक सय २५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा संस्थानका पत्रकार–कर्मचारीलाई सम्मान गरेको छ ।
सो अवसरमा आठ उत्कृष्ट समाचारदातामा बागमती प्रदेशबाट हेटौँडाका अनिल पराजुली सम्मानित हुनुभएको छ । पराजुली गोरखापत्र दैनिकमा लामो समयदेखि समाचारदाताको रूपमा काम गर्दै आउनुभएको छ । त्यस्तै कोशी प्रदेशबाट बाबुराम कार्की, मधेशबाट विजयकुमार साह,गण्डकीबाट ठाकुरप्रसाद आचार्य, लुम्बिनीबाट जानु पाण्डे, कर्णालीबाट मुना हमाल, सुदूरपश्चिमबाट पुष्कर भण्डारी र उपत्यका समाचारदाताबाट नगेन्द्र सापकोटा सम्मानित हुनुभएको छ ।
उत्कृष्ट कर्मचारी छनौट कार्यदल २०८२ ले गरेको सिफारिस अनुसार नेपाली प्रुफरिडरतर्फ प्रमुख प्रुफरिडर लीलाराज अधिकारी, प्रेसम्यान अनिल तामाङ र लेखापाल रवि घिमिरे पुरस्कृत हुनुभएको छ ।