मकवानपुरमा कम बेरुजु बकैया गाउँपालिकामा

मकवानपुर । मकवानपुरमा सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्‌नो ६२ औं वार्षिक प्रतिवेदनमा स्थानीय तहतर्फ मकवानपुरको बकैया गाउँपालिकामा कम बेरुजु देखिएको हो ।

बकैयामा ०.६० प्रतिशत मात्रै बेरुजु देखिएको छ, भने थाहा नगरपालिकामा सबैभन्दा बढी २.६० प्रतिशत बेरुजु देखिएको छ । यस्तै राक्सिराङमा ०.७५ प्रतिशत, हेटौडा उपमहानगरपालिकाको २.३३ प्रतिशत ,थाहा नगरपालिकाको २.६० प्रतिशत, इन्द्र्रसरोवर गाउँपालिका १.४२ प्रतिशत, कैलाश गाउँपालिका १.४५ प्रतिशत, भीमफेदी गाउँपालिकाको १.०४ प्रतिशत मकवानपुरगढी गाउँपालिकाको १.०९ प्रतिशत र मनहरी गाउँपालिकाको १.८७ प्रतिशत बेरुजू देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*