जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरमा पुनः तिमल्सिना

हेटौँडा । मकवानपुरको जुत्ता चप्पल व्यवसायी संघको चौथो साधारणसभा तथा  दोस्रो अधिवेशनबाट पुनः रामहरि तिमल्सिनाको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । शनिबार भएको सभाले संघको वरिष्ठ उपाध्यक्षमा केदारनाथ दुलाल, उपाध्यक्षमा जनककुमार दास, महासचिवमा प्रह्लाद खनाल, सचिवमा मोहन उप्रेती, र कोषाध्यक्षमा राजु लम्साललाई
चयन गरेको हो ।

नयाँ समिति सदस्यमा दधिराम गौतम, अर्जुन केशरी, रण दुलाल सार्की, कृष्ण चौलागाई, निशान गौतम, र सलीम अन्सारी पनि चयन भएका छन् । सभामा अध्यक्ष रामहरि तिमल्सिनाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभामा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सञ्चारकर्मी कपिल खड्का र हेटौंडाका पुराना व्यवसायी लक्ष्मण साह कानुलाई सम्मानित गरिएको थियो ।

अधिवेशनमा मउवा संघका कार्यवाहक अध्यक्ष काव्यमणि अधिकारी, संघका उपाध्यक्षद्वय राजु अधिकारी र उज्वल चौलागाई, मकवानपुर घरेलु साना उद्योग संघका अध्यक्ष कुमार पौडेल, मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपाने, अधिकृत विक्रेता व्यवसायी संघका अध्यक्ष अमित श्रेष्ठ, कस्मेटिक व्यवसायी संघका अध्यक्ष राजदेव बानियाँ, मकवानपुर फर्निचर व्यवसायी संघका अध्यक्ष कृष्ण अर्याल, कपडा तथा तयारी पोशाक व्यवसायी संघका उपाध्यक्ष पवन दुलाल, र नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल लगायतका अतिथिहरूको उपस्थिति थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*