उच्च अंकले बढ्यो नेप्से

काठमाडौँ । नेप्से परिसूचक ४९.०९ अंकले बढेको छ । एक दशमलव ८६ प्रतिशतले बढेर २ हजार ६ सय ७७ दशमलव ४५ विन्दुमा बन्द भएको छ ।

कुल २२९ कम्पनीको सेयर मूल्य बढ्यो भने १५ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो । कुल ७३ हजार ५४ पटकको सेयर किनबेचबाट १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच भयो । आज सबै उपसमूहहरू बढ्यो । सबैभन्दा बढी होटल तथा पर्यटन २३६ र निर्जीवन बिमा २१५.५४ अंकले बढेको छ ।

आज ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*