भीमफेदीमा गाडी दुर्घटना, १४ जना घाइते
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा आज दिउँसो गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको छ । दुर्घटनामा १४ जना घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार, चित्लाङबाट बाराको लालबन्दी आउँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको गाडी भीमफेदी गाउँपालिका स्थित त्रिभुवन राजपथको छैसठी मोडमा दुर्घटनामा परेको हो। गाडी सडकदेखि करिब २० मिटर तल खस्दा गाडी रुखमा अड्किएको बताइएको छ ।
प्रहरी चौकी भैंसे र सिमभञ्ज्याङ्गबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी हेटौँडा अस्पताल पठाएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाका अनुसार गाडीमा सवार १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
























